विराटनगर । धनकुटाको पाख्रीवास नगरपालिका–५ गुराँसे देवीथानमा शनिबार विहान खसेको पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएको छ ।
पहिरोले घर पुर्दा स्थानीय सन्तोष तामाङकी श्रीमती ३२ वर्षीया आशा तामाङ र आशाकी आमा ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
शनिबार विहान करिब ३ बजेतिर घरमाथिबाट पहिरो खसेको हो ।
पुरानो घरमा बस्दै आएका सन्तोषका परिवार राती घरमाथिबाट पहिरो झर्न थालेपछि नयाँ घरमा रहेको सामान निकाल्न गएका थिए । सोही बेलामा खसेको पहिरोले घरसहित आमाछोरीलाई बगाएको जनाइएको छ ।
जेसीवीको सहयोगमा शनिबार विहान उनीहरुको शव निकालिएको प्रहरीले जनाएको छ । सामान निकाल्न सघाउन गएकी छिमेकी २४ वर्षीया मिना माया तामाङ भने घाइते भएकी छन् ।
गर्भवती अवस्थाकी उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पुर्याइएको जनाइएको छ ।
View : 100
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved