Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले उदयपुरको अध्यक्षमा घिमिरे र राउत भिड्दै

उद्घोष सम्वाददाता
१४ चैत २०८०, बुधवार

विराटनगर । नेकपा एमाले उदयपुर जिल्ला कमिटीको अध्यक्षका लागि परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिष्पर्धा हुने भएको छ ।

बुधबार अध्यक्षका लागि मनोनयन दर्ता गरेका पाँचजना मध्ये  विमल कार्की, गोपाल खत्री र खड्ग बहादुर परियारले उम्मेदवारी फिर्ता लिएका हुन् । 

प्रतिष्पर्धामा उत्रिएका घिमिरे वर्तमान अध्यक्ष हुन् । अध्यक्ष पदका लागि राउत पनि सशक्त दाबेदार भएर प्रस्तुत भएका छन् ।

बुधबार बिहानदेखि त्रियुगा नगरपालिका–३ स्थित द होटल इम्पायरमा जिल्ला कमिटीको निर्वाचनका लागि मनोनयन दर्ता लगायतको प्रक्रिया अघि बढेको थियो ।

अपरान्ह २ बजेदेखि मतदान सुरु हुने भनिएपछि सहमतिको प्रयास भन्दै केन्द्रीय तहका नेताहरूले पहल जारी राखेका छन् ।

अध्यक्ष बाहेकका पदमा भने मनोनयन दर्ता गरेका कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।

उपाध्यक्षमा वर्तमान सचिव कालुमान लामा, दिलबहादुर तामाङ र भरतबहादुर थापाबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ ।

सचिवमा युवा नेताहरू महेश रोका, टेकबहादुर राउत र शम्भु पौडेलको उम्मेदवारी परेको जनाइएको छ ।

खुला उपसचिवका लागि हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाले उम्मेदवारी कायमै राखेका छन् ।

त्यसैगरी महिला उपसचिव पदका लागि गंगा राई, गीता खड्का र महेश्वरी राईबीच प्रतिष्पर्धा हुने भएको हो । 

अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने जनाइएको छ । मंगलबार एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।

View : 122

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved