Biratnagar, Morang, Nepal
१८ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

चार थान भरुवा बन्दुक बरामद

उद्‌घोष संवाददाता
१८ साउन २०८३, सोमवार

Advertisement

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट प्रहरीले ३ थान भरुवा बन्दुक बरामद गरेको छ । 

अस्थायी प्रहरी पोस्ट सभाखोला संखुवासभाबाट खटिएको प्रहरी टोलीले ओडारभित्र प्लास्टिकले बेरेर लुकाईछिपाई राखेको अवस्थामा ३ थान भरुवा बन्दुक, १ थान सलाईको बट्टा र ५० ग्राम सलाईको बारुद फेला पारी बरामद गरेको हो ।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गस्तिमा खटिएको प्रहरीको टोलीले मोरङको उर्लाबारी नगरपालिका–१ कत्लेस्थित जनज्योति सामुदायिक वनबाट बोरामा लुर्का राखिएको १ थान भरुवा बन्दुक, सोही बन्दुकमा प्रयोग हुने १३ थान धातुको किट र ४५ ग्राम ८८० मिलिग्राम बारुद फेला पारी बरामद गरी थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

View : 12

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved