Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

विवादले रोकिएका विकासे योजनाको अनुगमन

उद्‌घोष सम्वाददाता
१५ फागुन २०८०, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्बन्धित स्थानमै पुगेर विकास निर्माणमा देखिएका समस्या समाधान गर्ने कार्य अगाडि बढाएका छन् ।  

महानगरले निर्माण गरिरहेका सडक र नालामा जग्गा विवाद देखिएका स्थानमा पुगेर मेयर कोइरालाले सम्बन्धित व्यक्तिसित छलफल गरी समाधान निकाल्ने कार्य अगाडि बढाएका हुन् ।

महानगरको योजना महाशाखा प्रमुख इञ्जिनियर अर्जुन थापासहितको टोली लिएर मेयर कोइराला सोमबार वडा नम्बर १३ र १४ मा सञ्चालित विभिन्न योजनाको अनुगमन गरेका थिए ।

जग्गा विवादले सडक र नाला निर्माण रोकिएको पटक–पटक गुनासो आएपछि मेयर कोइराला सम्बन्धित स्थानमा पुगेर विवाद समाधान गरी विकासको कामलाई अगाडि बढाउने वातावरण सिर्जना गरेका थिए ।

उनले स्थानीयसित छलफल गरी विवादका कारण रोकिएका योजना अगाडि बढाउने वातावरण बनाएका हुन् ।

मेयर कोइरालाको उपस्थितिमा वडा नम्बर १३ को भेटनरी चोक उक्तरमा सडक निर्माणका त्रममा देखिएको विवाद समाधान भएको छ ।

मेयर कोइराला आफैं उपस्थित भएर विवाद समाधान गर्न अग्रसर भएको भन्दै स्थानीय हर्षित भएका थिए । वर्षौंदेखि डुबान समस्या झेल्दै आएका स्थानीयले मेयर कोइरालालाई खादा लगाएर स्वागतसमेत गरेका थिए । 

त्यस्तै वडा नम्बर १४ को भगवती मार्गमा पनि जग्गा विवादका कारण नाला निर्माण हुन सकेको थिएन । सम्बन्धित वडाका अध्यक्ष सूर्यनारायण महतो र इन्जिनियर थापालाई साथैमा लिएर पुगेका मेयर कोइरालाले सो स्थानको विवाद पनि समाधान गरे । महानगरको १ करोड आन्तरिक स्रोतबाट भगवती मार्गमा सडक निर्माण भइरहेको छ ।

विवादलाई लम्ब्याउादा विकासले गति नलिने भएका कारण आफैं उपस्थित भएर समस्या समाधान गरेको मेयर कोइरालाको भनाइ थियो । 

महानगरका विभिन्न वडामा करिब १ अर्ब १५ करोडभन्दा बढीका विभिन्न योजनाहरू सञ्चालनमा छन् । 

View : 332

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved