विराटनगर । सुनसरी र झापाका विभिन्न स्थानबाट ठुलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क इनरुवाले सोमबार इनरुवा नगरपालिका–४ मा चेकजाँचका क्रममा को ३१ प ३२५५ नम्बरको मोटरसाइकलमा सवार इटहरी–१८ का २९ वर्षीय जेम्स राई र इटहरी–१७ का २९ वर्षीय सिद्धार्थ चौधरीको साथबाट ३५ ग्राम २१ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–४ बाट धरान–२० का ३३ वर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे ११ प ६०५० नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका–६ का ३२ वर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
View : 50
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved