Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

राधाकृष्ण रथयात्रा

महानगर सौन्दर्यीकरण गर्न रोपिएको विरुवा संरक्षण गर्न नगर प्रहरीसहित दुई सय स्वयमसेवक खटिंदै

उद्घोष सम्वाददाता
११ भदौ २०८१, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिकाले सौन्दर्यकरण अभियानअन्तर्गत रोपेका विरुवा र फूलको संरक्षणका लागि स्वयम्सेवक परिचालन गर्ने भएको छ । 

विराटनगरको बरगाछी–रानी सडकखण्डमा भर्खरै मात्र रोपेका फूल र विरुवा राधाकृष्ण रथयाक्राका त्रममा नष्ट हुने सम्भावना बढेको भन्दै महानगरले युवा स्वयम्सेवक परिचालन गर्न लागेको हो । फूल र विरुवा जोगाउन स्वयम्सेवक परिचालन गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।

‘नगर प्रहरी मेरो साथी’ लेखेको भेष्ट लगाएर करिब २ सय स्वयम्सेवकहरू विरुवाको संरक्षणमा खटिनेछन् । यसरी घटिने स्वयम्सेवकहरूलाई महानगरले प्रशिक्षणसमेत दिएको छ । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले साच्चिकै स्वयम्सेवकको सिद्धान्त र भावनाअनुसार खटिन आग्रह गरे । विराटनगरको पहिचानसित जोडिएको रथयाक्राका त्रममा हुने फोहोरको व्यवस्थापनमा समेत ध्यान दिन उनले आग्रह  गरे । 

उपमेयर शिल्पा निराला कार्कीले स्वयम्सेवकहरूलाई फूल र विरुवाको संरक्षणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न आग्रह गरिन् ।

प्रशिक्षण कार्यक्रममा वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डीएसपी बुद्धकुमार श्रेष्ठ, ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपाने, सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल, नगर प्रहरीका प्रमुख राजन पौडेललगायतले स्वयम्सेवकहरूको मुख्य जिम्मेवारी डिभाइडरका फूल र विरुवाको संरक्षण गर्ने भए पनि रथयाक्राका त्रममा हुने आपराधिक क्रियाकलाप रोक्न भूमिका खेल्नुपर्नेमा जोड दिए । 

विराटनगरमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूको सहयोगमा  महानगरले बरगाछी–रानी सडक सौन्दर्यकरण अभियान सञ्चालन गरेको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा यस वर्ष मंगलबार निकालिदैछ ।

तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोड हुँदै रोडशेष चोक पुगेर बसपार्क, महेन्द्रचोक, बिजुली अफिस, बरगाछी हुँदै पुनः मन्दिरमा पुगेर समापन हुनेछ ।

स्वयम्सेवकहरु रथयात्रा नसकुञ्जेलसम्म परिचालित हुने नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए । उनीहरु नगर प्रहरी सँगसँगै खटिनेछन् । यस्तै रथयात्रा पछि–पछि सरसफाई व्यवस्थापनका लागि टोली परिचालन गर्ने महानगरको योजना रहेको छ । 

यसैबीच पानी, सर्बत र प्रसादी वितरणका लागि ८७ वटा व्यक्ति, संस्था र व्यवसायीहरुले महानगरबाट स्वीकृत लिइएको सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालले जानकारी दिए ।

View : 193

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved