Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

माइतबाट घर फर्किएकी आमा–छोरी बेपत्ता, जानकारी दिनेलाई ५० हजार

उद्घोष सम्वाददाता
७ कार्तिक २०८१, बुधवार

विराटनगर । माइतबाट घर फर्किएका आमाछोरी बेपत्ता भएका छन् । मोरङको बेलबारी नगरपालिका–८ भाउन्नेस्थित माइतबाट बस चढेर सुनबर्षी नगरपालिका–४ काशिजान फर्किएकी २३ वर्षीया कृष्टि राजवंशी तीन वर्षीया छोरी नायरासहित गत असोज २१ गतेदेखि बेपत्ता भएकी हुन् ।

कृष्टि बेपत्ता भएपछि उनका श्रीमान् अमितकुमार दासले खोजीका लागि प्रहरीमा उजुरी गरेपनि खोजीमा वेवास्ता भएको आरोप लगाए ।

कृष्टी र अमित कुमारले साढे चार बर्षअघि प्रेम विवाह गरेका हुन् । विवाहपछि अमितकुमार बैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । 

श्रीमती हराएपछि उनी कतारबाट फर्किएर श्रीमती र छोरीको खोजीमा लागेका छन् । उनले आफ्नी श्रीमती र छोरीको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

साथै श्रीमती र छोरीको बिषयमा जानकारी दिनेलाई ५० हजार रूपैयाँ पुरस्कार दिनेसमेत मंगलबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका छन् ।

साथै उनले श्रीमतीलाई जुन अवस्थामा भए पनि घर फर्कन समेत आग्रह गरेका छन् ।

आमाछोरी हराएपछि आफूले इलाका प्रहरी कार्यालय बेलबारी र रंगेलीमा उजुरी दिंदा सुनुवाई नगरिदिएको गुनासो गरे । 

पत्रकार सम्मेलनमा उपस्थित भएकी कृष्टिकी दिदी सर्मिला राजवंशीले बहिनीलाई कृष्टिलाई बिर्सने समस्या रहेको बताइन् ।

सोही कारण बाटो बिर्सिएर अन्तै पुगेको हुनसक्ने अनुमान गर्दै भेट्ने कसैले प्रहरीमा जानकारी गराइदिन आग्रह गरिन् ।

View : 3875

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved