विराटनगर । मोरङको कानेपोखरी–१ होक्लाबारीस्थित यासिका कृषि फर्म र पूर्णिमा महिला मौरीपालन सहकारी संस्थाले विराटनगरमा जारी विराट ट्रेड एक्स्पोमा स्टल राखेर मौरीको ताजा मह बिक्री वितरण गर्दै आएका छन् ।
तोरीबारी, फापरबारी, आँप र लिच्चीको फूल फूल्ने सिजनका बनेको महदेखि जंगली महसमेत स्टलबाट विक्री वितरण हुँदै आएको जनाइएको छ ।
विराट ट्रेड एक्स्पोको स्टल नम्बर १६५ मा यासिका र पूर्णिमा मौरीपालन सहकारीको स्टल रहेको छ ।
स्टलमा ताजा महको साथै स्थानीय रहरको दाल, कालोमासको दाल, मस्यौरा, गुन्द्रुक, फापरको पिठो, सातु, मकैको चामल र पिठो, कोदोको पिठो, सेलरोटी, आलुचिप्स, त रूल जस्ता खाद्यन्न सामग्री वितरण हुँदै आएको सहकारीकी सदस्य शारदा पौडेलले जानकारी दिइन् । उनले स्टलमा ताजा मह पाइने बताइन् ।
सहकारीकी अध्यक्ष एवं यासिका कृषि फर्मकी सञ्चालक रक्षा खड्का बस्नेतले स्थानीय उत्पादनको प्रयोग गरी स्वस्थ्य जीवनयापन गर्न शुद्ध महदेखि दाल लगायतका सामग्रीको उपभोग गर्नुपर्नेमा जोड दिइन् ।
उनले सख्खर, बेसार, साँदेको भूजा र हरियो केराउ लगायतका सामग्री समेत सुपथ मूल्यमा खरिद गर्न सकिने जानकारी दिइन् ।
View : 101
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved