Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

ग्रेडेडका विद्यार्थीले बनाए कृषि ड्रोन

उद्‌घोष संवाददाता
१६ माघ २०८०, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलका विद्यार्थीहरूले कृषि कार्यमा प्रयोग गर्न मिल्ने ड्रोनको निर्माण गरेका छन् । उनीहरूले ड्रोनको सफल परीक्षण गर्दै विद्यालयमै प्रदर्शनी समेत गरेका हुन् ।

ग्रेडेड स्कुलका १५ जना विद्यार्थीहरूले तीन महिना लगाएर उक्त ड्रोन बनाएका हुन् । विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले विद्यार्थीहरूको मेहनतका कारण ड्रोन निर्माण कार्य पुरा भएको बताए । उनले कृषि कार्यमा मल र बिषादी छर्नका लागि ड्रोन उपयोगी हुने बताए ।

विद्यालयका विज्ञान शिक्षक विकास रायले करिब ४८ हजार रुपैयाँको लागतमा ड्रोन निर्माण गरिएको जानकारी दिए ।

ड्रोनले चार किलोसम्म तौल बोक्न सक्ने त्यसको निर्माणमा सहभागी भएका विद्यार्थी रौनक साहले बताए । उनले ग्रामीण क्षेत्रमा कृषिका लागि ड्रोन उपयोगी हुनसक्ने दाबी गरे । अहिले विकास गरिएको ड्रोन एक सय फिट माथिसम्म उड्न सक्ने जनाइएको छ । 

विद्यालयका अनुसार कक्षा १० मा अध्ययनरत रौनक साह, इशान्त यादव, मो.अपताव, सुलभ श्रेष्ठ, सिद्धार्थ चौधरी, सक्षम मण्डल, प्रनिल तिमल्सिना, मथक अग्रवाल, रोजिता शिवभक्ति, दिलाशा राजवंशी, कृष्टि पोद्दार, प्रियंका चौधरी, बन्दना ढुंगेल, प्रिती राजवंशी र शिवराज राजवंशी लगायतले मिलेर उक्त ड्रोन बनाएका हुन् ।

ड्रोन निर्माणमा प्रयोग गरिएको मोटर, सर्किट बोर्ड, सेन्सर र रिमोटबाहेकका सामग्री घरेलु एल्मुनियमको पाइप र प्लाइउडका टुक्राबाट तयार पारिएको जनाइएको छ । उक्त अवसरमा विद्यार्थीहरूले ड्रोनलाई विद्यालयमा हस्तान्तरण गरेका छन् । 

विद्यालयका संस्थापक अध्यक्ष केशवलाल सिंह सुवालले विद्यार्थीहरूको क्षमता विकासका लागि विद्यालयको समेत सहयोगमा ड्रोन निर्माण गरिएको बताए । उनले विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा दिनका लागि विद्यालय तहबाटै यस्तो सिप विकासको काम थालनी गरिएको बताए ।

View : 623

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved