विराटनगर । उपभोक्तालाई झुक्याउँदै खसीको नाममा बाख्राको मासु बिक्री गर्ने गरेको आरोपमा विराटनगरका दुई मासु पसलमाथि महानगरपालिकाले कारवाही सुरु गरेको छ ।
देवकोटा चोकस्थित मासु पसलहरूमा गरेको अनुगमनका क्रममा उक्त अनियमितता फेला परेको महानगरले जनाएको छ ।
उपभोक्तालाई खसीको मासु भन्दै फरक प्रकृतिको मासु बिक्री गरी ठगी गरिएको ठहर गर्दै गाउँले मिट पसल र खान पसलविरुद्ध प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको कृषि तथा पशुपंक्षी शाखाका संयोजक हीरालाल यादवले जानकारी दिए ।
अनुगमन नगर प्रहरी प्रमुख राजन पौडेलसहितको टोलीले गरेको हो ।
अनुगमनका क्रममा अवैध रूपमा बिक्रीका लागि राखिएको मासु जफत गरी नष्ट गरिएको छ । महानगरले उपभोक्ता संरक्षण र खाद्य स्वच्छता सुनिश्चित गर्न नियमित तथा आकस्मिक अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
महानगरले सबै मासु व्यवसायीलाई प्रचलित मापदण्ड र कानुनी व्यवस्था पालना गर्न सचेत गराउँदै उपभोक्तालाई पनि कुनै शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।
View : 253
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved