Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

रेनुकाले जितिन् पहिलो ‘मिसेस पूर्वेली आइकन’ (फोटो)

उद्घोष सम्वाददाता
१५ असोज २०८१, मङ्गलवार

इटहरी । सुनसरी इटहरीकी रेनुका श्रेष्ठले पहिलो ‘मिसेस पूर्वेली आइकन २०२४’ को ताज हात पारेकी छन् ।

इटहरीको लायन्स क्लबमा हालै सम्पन्न ग्रान्ड फिनालेबाट उनले ‘मिसेस पूर्वेली आइकनको ताजसँगै ट्रफी, क्राउन, नगद ५० हजार नगदसहित अन्य पुरस्कारहरू प्राप्त गरिन् ।

कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले उनलाई ताज लगाइदिएकी थिइन् ।

यस्तै झापाकी मुना बजगाईँ फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्चुअलको सवटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भइन् । उनले मिसेस पर्सनालिटीको सवटाइटल पनि जितिन ।

त्यसैगरी सुनसरी इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाइजर च्वाइस अवार्ड र ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सवटाइटल हात पारिन् । त्यस्तै सुष्मा बिष्टले मिसेस फोटोजेनिकको सवटाइटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र वेस्ट वाल्कको उपाधि प्राप्त गरिन् ।

ग्रान्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्टरेस्मा लिम्बुले मिसेस ग्ल्यामरको सवटाइटल जितिन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए । 

प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेच्छा कार्की, मिडिया कोअर्डिनेटर सुवास सङ्कल्प श्रेष्ठ, फोटो तथा भिडियोग्राफर रिकेश व्रजाचार्य र मेकअपमा उर्वी श्रेष्ठ रहेकी थिए ।

ओपन स्पेस प्रालिले आयोजना गरेको ‘मिसेस पूर्वेली आइकनको फाइनलमा आठ जनाले प्रतिष्पर्धा गरेका थिए ।

View : 316

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved