Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

साफ वुमन च्याम्पियनसिप

नेपाल र बंगलादेश बीचको सनसनीपूर्ण पहिलो हाफ बराबर

उद्घोष सम्वाददाता
१४ कार्तिक २०८१, बुधवार

विराटनगर । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्तमा अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच पहिलो हाफको खेल बराबरीमा सकिएको छ ।

दुवै टोलीले गोल गर्नका लागि पाएका महत्वपूर्ण अवसरहरूले खेल सनसनीपूर्ण बनेको थियो ।

दुवै टोलीले गोलका लागि अवसर सिर्जना गरे । तर सफल भएनन् ।

नेपालले डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग साफ महिला च्याम्पियनसिपको उपाधिका लागि संघर्षपूर्ण खेल खेलिरहेको छ । घरेलु दर्शकको साथ पाएको नेपाललाई यो पटक च्याम्पियनसिप उचाल्ने ठुलो अवसर रहेको छ ।

अहिले दोस्रो हाफ पनि सुरु भइसकेको छ ।

View : 100

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved