Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

धरानमा रथयात्राको भब्य तयारी

उद्‌घोष संवाददाता
१९ मंसिर २०८२, शुक्रवार

Advertisement

विराटनगर । धरानमा भगवान श्री जगन्नाथ, वलदेव एवं सुभद्रा महारानीको  रथयात्राको भब्य तयारी भैरहेको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) धरानले शनिबार रथयात्रा गर्न लागेको हो । 

हरेक साल हुँदै आएको रथयात्रा यो वर्ष १७ औं पटक हुन लागेको हो । 

इस्कोन धरानका अध्यक्ष डा.मदन कोइरालाका अनुसार रथयात्रा कार्यक्रमको प्रमुख अतिथिमा चतारा पीठका प्रमुख बालसन्त मोहनसरण देवाचार्य रहने छन् भने लण्डनबाट महाविष्णु स्वामी महाराजका साथै अन्तर्राष्ट्रिय प्रेरक वक्ता पत्री प्रभुजी पनि आउने भएका छन् । 

त्यसैगरी कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त धर्मगुरु एवं विद्वानहरु पनि आउने भएका छन् । 

यस्तो रथयात्रा भारतको जगन्नाथ पुरीमा हुने गरेको छ । उनै भगवान श्री जगन्नाथ, वलदेव तथा सुभद्रा महारानीको रथयात्रा गर्न लागिएको हो । 

कार्यक्रम शनिबार बिहान साढे दश बजेबाट सुरु भएपनि रथयात्रा भने मध्यान्न साढे १२ बजे निकालिने भएको छ । 

जम्मा अढाई घण्टासम्म हुने सो रथयात्रा धरानको इस्कोन मन्दिरबाट सुरु भई बजार परिक्रमापछि सोही मन्दिरमै अँएर समापन हुनेछ । 

सो अवसरमा विभिन्न धर्मगुरु तथा विद्वत वर्गबाट धार्मि प्रवचन पनि हुनेछ । रथयात्रासँगै भगवानश्री जगन्नाथको भब्य आरती पनि गरिनेछ ।

View : 307

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved