Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

उद्‌घोष संवाददाता
१७ मंसिर २०८२, बुधवार

झापा । जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ । 

अर्जुनधारा नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजना र लक्ष्मी माध्यमिक विद्यालयको सहआयोजनामा आजदेखि मंसिर २१ गतेसम्म प्रतियोगिता हुने भएको हो । 

प्रतियोगिताका लागि अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदानमा कोर्ट र प्यारापिट निर्माण गरिएको छ । कोर्टका लागि म्याटको अभावमा मैदानलाई स्तरोन्नति गरिएको विद्यालयका अध्यक्ष वीरबहादुर राईले बताए । विद्यालय परिसरमै एक हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ ।

आजको पहिलो खेलमा नेपाल एपिएफ क्लब र एभरेस्ट लुम्बिनी क्लबबीच तथा दोस्रो खेल न्यू डायमण्ड क्लबविरुद्ध कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्दैछ ।

मङ्सिर १८ गते पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै सोही दिन दोस्रो खेलमा न्यू डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

मङ्सिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगितामा सहभागी छ टोलीलाई दुई समूहमा बाँडिएको छ ।

समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । त्यस्तै समूह ‘बि’मा न्यु डायमण्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।

मङ्सिर २० गते पहिलो सेमिफाइनल खेल समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ । फाइनल खेल मङ्सिर २१ गते हुनेछ ।

प्रतियोगिताको विजेताले दुई लाख, दोस्रोले एक लाख र तेस्रो हुने टोलीले ३० हजार राशिको पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले रु पाँच हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।

बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले रु १० हजार तथा ट्रफी प्राप्त गर्नेछन् ।

View : 91

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved