Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

भीम पराजुलीले २८ औं पटक पुरा गरे दण्ड प्रणाम् (फोटो)

उद्‌घोष संवाददाता
१० कार्तिक २०८२, सोमवार

Advertisement

विराटनगर । विराटनगर महानगरपालिकाका पूर्व मेयर एवं कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले नेपाललाई बौद्ध र किराँत परम्परासहितको वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने कामनासहित २८ औं पटक दण्डप्रणाम् गरेका छन् ।

छठ पर्वको अवसरमा पराजुलीले विराटनगर–३ ठुलोमिल चोकबाट सोमबार विहान १० बजे दण्ड प्रणाम सुरु गरेर सिंघीया खोलामा पुगेर छठ माताको ब्रत आराधना गर्दै अन्त्य गर्ने तयारी गरेका छन् ।

पराजुलीले मुलुक धर्ममय बने शान्ति छाउने र राष्ट्र उन्नति तथा प्रगतिको मार्गमा अघि बढ्ने बताए । 

छैठ महापर्वको अवसरमा ‘दण्ड प्रणाम’ साधना प्रारम्भ गर्नुअघि उनले पछिल्लो समय विश्वभर बढ्दो अशान्ति र द्वन्द्वले विश्वयुद्धको खतरा निम्त्याएको र नेपालमा समेत द्वन्द्वको वातावरण देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

‘नेपाल प्राचीन ऋषिमुनिहरुको तपोभूमि हो, यहाँ भगवान पशुपतिनाथ, बराहक्षेत्रजस्ता अनेक पवित्र तीर्थस्थलहरू छन्’ पराजुलीले भने, ‘त्यसैले नेपाललाई बौद्ध र किराँत संस्कृति समेटिएको वैदिक सनातन राष्ट्र बनाउनुपर्छ ।’

पराजुली छठको अवसरमा सुरु गरेको दण्ड प्रणाम यात्राका क्रममा करिब साढे पाँच घण्टा सूर्यलाई नमस्कार गर्दै परोपकारघाट नजिकै सिंघीया खोलाको आफ्नै छैठ पुजास्थलसम्म पुगेका हुन् ।

धार्मिक आस्थामा गहिरो विश्वास राख्दै आएका पराजुलीले ३१ वर्षदेखि छठ माताको ब्रत र पूजा गर्दै आएको बताए ।

उनका भतिज प्रमित पराजुलीले समेत यस वर्ष १० औं पटक दण्ड प्रणाम साधना पूरा गरेका हुन् ।

 

View : 616

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved