Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

तीब्र गतिको स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

उद्‌घोष सम्वाददाता
२० साउन २०८१, आइतवार

विराटनगर । विद्यार्थी बोक्ने बसका चालक कति सचेत हुनुपर्छ भन्ने विद्यालयहरूले चालकलाई सुचित गर्छन् । चालक गम्भीर नभए बसमा सवार विद्यार्थी पनि असुरक्षित हुन्छन् । विद्यार्थी मात्रै हैन सडक यात्रीलाई पनि त्यत्ति नै जोखिम हुन्छ ।

मोरङमा तीव्र गतिमा रहेको स्कुल बसले ठक्करले आइतबार एक साइकल यात्रीको मृत्यु भएको छ । विराटनगरबाट विद्यार्थी लिन रंगेली गएको बसको ठक्करले साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । 

कोशी प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक भिमबहादुर दाहालका अनुसार बसको ठक्करले साइकल चालक धनपालथान गाउँपालिका–३ मायागञ्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

दुर्घटनापछि स्थानीयले स्कुल र कलेजका चालकले मदिरा सेवन गरे नगरेको बिहानै परीक्षण हुनुपर्ने माग गरेका छन् । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा राखेको छ । चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रले मदिरा सेवन गरेको नखुलेको रंगेली प्रहरीले जनाएको छ ।

मिश्र विराटनगर–३ खार्जीमा खाजा पसल पनि सञ्चालन गर्छन् । राति अबेरसम्म स्थानीय ग्यारेजका चालक र मजदुरले उनको खाजा पसलमा मदिरा सेवन गर्ने भएकाले मिश्रलाई बिहानसम्म आराम नपाई सवारी चलाउनुपर्ने बाध्यता छ ।

दुर्घटना हुँदा बसमा विद्यार्थी थिएनन् । बसको तीव्र गति र चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

View : 6127

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved