Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

सुनसरीमा दर खाने कार्यक्रममा महिला प्रहरीहरू चिटिक्कै (फोटो)

उद्‌घोष सम्वाददाता
२० भदौ २०८१, बिहिवार

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीले तिजमा माइती घर जान नपाएका महिला प्रहरीहरूका लागि कार्यालयमै दर खाने कार्यक्रम आयोजना गर्यो ।

तिज विशेष दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा जिल्ला प्रहरी कार्यालय र मातहत रहेका कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीहरूले सहभागिता जनाए । 

दर खाने कार्यक्रममा महिला प्रहरीहरू माइतमै भएझैँ चिटिक्क परेर सहभागी भए । उनीहरु रातो रंगको सारी चोलो, विवाहितहरूले सिँदुर पोते लगाएर सजिए । अविवाहित महिला प्रहरी कर्मचारीहरूले पनि रङ्ग मिलाइएका कुर्ता सुरुवालमा देखिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रहरी उपरीक्षक बिपिन रेग्मीले प्रहरी कार्यालयभित्र पनि आपसमा पारिवारिक भावनाको विकास होस् भनेर तिजको अवसरमा दर खाने कार्यक्रम राखिएको बताए । 

कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले सहभागी भएर शुभकामना दिए । त्यसैगरी प्रहरीका सिनियर अधिकृतहरू र सकल दर्जाका प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।

View : 10973

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved