विराटनगर । चाडबाडको बेला समाजमा हुन सक्ने उच्छृङ्खल गतिविधिको एउटा क्लवले निगरानी मात्रै हैन नियन्त्रणको प्रयास पनि थालेको छ । विराटनगर–३ मा रहेको राजधानी युवा क्लबले दशैं र तिहार लक्षित निगरानी थालेको हो ।
करिव दुई सय सदस्य रहेको सो क्लवको उत्तरी विराटनगरमा अराजक गतिविधिहरुको निगरानी र संलग्नहरुलाई कारवाहीको दायरामा ल्याउन सहजिकरण गर्ने बताइएको छ ।
कञ्चनबारी उत्तरको क्षेत्र विराटनगर १, ३ र ४ तथा बुढीगंगा गाउँपालिकाको दक्षिणी क्षेत्रमा सो क्लबले यस्तो निगरानी गर्दैछ ।
चाडवाडका नाममा गलत गतिविधि गर्ने, लागुऔषधको कारोबार, मादक पदार्थ खाएर झगडा, चोरी, लुटपाट जस्ता घटना गराउन सक्ने ब्यक्तिहरुलाई निगरानी गर्न थालिएको अध्यक्ष राजु ढकालले बताए ।
समाजमा त्यस्ता ब्यक्ति देखिए सम्पर्कका लागि अध्यक्ष ढकालको ९८५१०२६४३६ र उपाध्यक्ष नवराज काफ्लेको ९८५२०८१५८१ मोबाइल नम्बर क्लबले सार्वजनिक गरेको छ ।
क्लबका पदाधिकारीसहित सदस्यहरुले गलत क्रियाकलापमा लागेका ब्यक्तिहरु चाडवाडको बेला के गर्दैछन् भन्ने समाजमा सूक्ष्म रुपमा बुभ्ने काम गरिरहेका छन् । क्लबले दशैं र तिहारका लागि लिंगेपिङ लगाएर उत्तरी विराटनगरका मानिसलाई चाडमा रमाइलो गराउने गर्छ ।
क्लबको बैठकले समाज सुधार र सुरक्षाका लागि निगरानी गर्ने निर्णय गर्दै जीर्ण सडक मर्मतका लागि सम्बन्धित निकायलाई दवाब दिनेसमेत निर्णय गरेको छ ।
विराटनगरमा म्याटसहितका दुईवटा कोर्ट भएको कवर्डहल सञ्चालन गर्दै आएको क्लबले बेलाबेला टोल सुधार र सफाई, वृक्षरोपण तथा सडक सुरक्षाका गतिविधि गर्दै आएको छ ।
विराटनगर प्रवेशद्वारमा क्लबले लाइनै लगाएको राष्ट्रिय झण्डा अहिले प्रदेशमै चर्चित छ ।
विराटनगर ४ र ३ को मध्य भागमा पर्ने कोशी राजमार्गमा स्थानीय राजधानी युवा क्लवले आगन्तुकलाई स्वागत गर्न १२ वटा नेपालको राष्ट्रिय झण्डा फहराएको छ ।
गत वर्ष राति मातेर आएको अराजक समूहले झण्डाको अपमान गर्दै निकालेर फालेपछि मोरङ ग्रामथान–५ का २४ वर्षीय विशाल विश्वास र विराटनगर–३ निवासी दाजुभाइ २२ वर्षीय सुमन र सुजन साहको खोजी गरेर क्लबले कारवाही गराएको थियो ।
उपाध्यक्ष काफ्लेलेका अनुसार, सडक अतिक्रमण गरेर फुटपाथमा निजी प्रयोजन र ब्यापारका सामान, ग्यारेज तथा हार्डवेयरका सामान राख्नेहरुलाई क्लबले सचेत गराएर पैदलयात्रीको अधिकार सुनिश्चित गर्दै आएको छ ।
View : 425
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved