विराटनगर । विराट व्यापार संघले आफ्नो कार्यक्रमसहितको भित्तेपात्रो प्रकाशन गरेको छ । संघले नयाँ वर्ष २०८२ को अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमका अवसरमा भित्तेपात्रो सार्वजनिक गरिएको हो ।
कार्यक्रमका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण चिमरिया, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जरा, संघका निवर्तमान अध्यक्षहरू नरेश खत्री, यादव पोखरेल, शिव रिजाल लगायतले संयुक्त रूपमा भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।
संघका अध्यक्ष बञ्जराले भित्तेपात्रोमा नेपाल प्रहरीले तयार पारेको सुरक्षा सम्बन्धि जानकारी समेटिएको सामग्री भेटिने क्यूआरकोड समेत छापिएका कारण क्यालेण्डर पुगेका घरमा सुरक्षा सचेतना समेत बढ्ने बताए ।
संघले साढे ७ हजार जनालाई भित्तेपात्रो उपलब्ध गराइसकेको उनले बताए ।
View : 295
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved