Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योगी शेखर गोल्छा धरौटीमा रिहा

उद्‌घोष संवाददाता
२३ वैशाख २०८३, बुधवार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा रिहा भएका छन् । 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन अन्तर्गत अनुसन्धानका लागि उनलाई हिरासतमा राख्न म्याद थप मागे पनि अदालतले त्यसलाई अस्वीकार गरेको हो ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश मोना सिंहको इजलासले हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै गोल्छालाई रिहा गर्न आदेश दिएको हो । 

अदालतका शाखा अधिकृत हेमन्त भट्टराईका अनुसार सर्वोच्च अदालतको पूर्व आदेशका आधारमा उनलाई धरौटीमा राखेर अनुसन्धान गर्न सकिने भएकाले थप म्याद आवश्यक नठानिएको हो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटी वा जमानतमा राखेर अनुसन्धान अगाडि बढाउन परमादेश जारी गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत गोल्छामाथि अनुसन्धान भइरहेको छ । 

सो ऐनको दफा १०४ (१) अनुसार अनुसन्धानका क्रममा जमानत वा धरौटी लिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै सर्वोच्च अदालतले निर्देशन दिएको थियो । 

सोही आदेशअनुसार सीआईबीले गोल्छासँग ५ लाख रुपैयाँ धरौटी लिइसकेको छ ।

View : 128

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved