Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
वातावरण

एमबीएस एक्स्पो विशेष: जीवन विकासको प्राङ्गारिक मल, प्रयोग गरे फल्छ अर्गानिक फल

उद्घोष सम्वाददाता
१४ पुष २०८०, शनिवार

विराटनगर । माटोको उर्वराशक्ति बढाउँदै अर्गानिक कृषि वस्तुको उत्पादनमा जीवन विकास समाजले बजारमा ल्याएको प्राङ्गारिक मल प्रभावकारी बनेको छ । उत्पादनको छोटो समयमै यो मलको प्रयोग गर्ने किसान र सर्वसाधारणले राम्रो नजिता प्राप्त गरेपछि जीवन विकास समाजले प्राङ्गारिक मल उत्पादनलाई समेत बढाउँदै लगेको छ ।

जीवन विकास समाजले विराटनगरमा जारी मोरङ व्यापार संघ एक्स्पो २०२३ मा आफ्नो स्टल नै राखेर प्राङ्गारिक मलको प्रवर्द्धन र सुपथ मुल्यमा बिक्री समेत गर्दै आएको छ । स्टलका प्रतिनिधि संजय चौधरीका अनुसार जीवन विकास प्राङ्गारिक मल माटोमा हाल्दा माटो राम्रो बनाउनुका साथै उत्पादन समेत बढ्ने बताउँछन् ।

युरिया र डिएपीजस्ता रासायनिक मलको प्रयोगलाई घटाएर प्राङ्गारिक मलको प्रयोगलाई बढाउन सके किसानहरूले उल्लेख्य फाइदा लिन सक्ने उनले बताए । धेरै मुलुकहरूमा रासायनिक मलको विकल्पमा जैविक मलको प्रयोगलाई व्यापकता दिएको पाइन्छ । तर नेपालमा हालसम्म जैविक मलको उत्पादन व्यावसायिक रूपमा हुन नसकेको अवस्थामा जीवन विकास समाजले अति नै उपयोगी प्राङ्गारिक मल उत्पादन सुरु गरेको हो ।

यो प्राङ्गारिक मल कौसी खेतीमा झन धेरै उपयोगी देखिन्छ । किनभने ५ किलोको प्याकेटदेखि यसको उत्पादन हुने भएकोले घर गृहणीहरूले अन्य समयमा कौसी खेतीमा यो मल प्रयोग गर्न सक्दछन् । ठूला किसानहरुले २५ किलोको बोरामा पनि मल प्राप्त गर्नसक्ने जनाइएको छ ।

विराटनगरसहितका प्रमुख शहरहरूमा नर्सरी र एग्रोभेटहरूबाट पनि सजिलै खरिद गर्न सकिने प्राङ्गारिक मल एक्स्पो अवधिमा भने उत्पादन मूल्यमै बिक्री वितरण हुँदै आएको छ । मानव स्वास्थ्यमा असर नपर्ने स्वस्थ कृषि उत्पादनका लागि मलको प्रयोग उपयोगी हुने जनाइएको छ ।

अहिलेसम्म प्राङ्गारिक मल प्रयोग गर्नेहरूले मल राम्रो भएको प्रतिक्रिया दिने गरेको पनि जीवन विकास समाजका प्रतिनिधि चौधरीले जानकारी दिए ।

View : 202

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved