Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
प्रविधि

शाओमीले ल्यायो अल न्यू–पक्का अल–राउनन्डर रेड्मी १३

उद्‌घोष सम्वाददाता
१६ असार २०८१, आइतवार

विराटनगर । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । हाइपर ओएस सहितको फोन सुविधा कम्पनीले ल्याएको हो । 

लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘नेपालमा रेड्मी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौं । हामीले हाम्रा ग्राहकलाई गरेको प्रतिबद्धताअनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरु ल्याएका छौं ।’

शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामेरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्य सम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई रेड्मी १३ को साथमा कायम गरेको मनस्वीले बताए ।

रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ ।

१२ एनएमको चिपमा बनेको यो अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिने कम्पनीको दावी छ । इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ ।

रेड्मी १३ को ६.७९ इन्चको फूल एचडी प्लस डटडिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले स्पष्ट पारेको छ । साथै लो ब्लु लाइट र ˆल्यास–रहित डिस्प्लेले मोबाइल लामो समयसम्म प्रयोग गर्न मिल्ने कम्पनीको भनाइ छ ।

View : 417

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved