विराटनगर । प्रदेशको राजधानी विराटनगर–३ मा रहेको राजधानी युवा क्लबले आन्तारिक ब्याडमिन्टन प्रतियोगिता गरेको छ । क्लबका झण्डै दुई सय सदस्यमध्ये ब्याडमिन्टन खेल्ने ५० भन्दा बढी सदस्यबीच प्रतियोगिता गराइएको हो ।
खेलमा दुई समूहमा प्रतियोगिता गराइएको थियो । समूह ‘ए’बाट नेपाल राष्ट्र बैकका सुजन विश्वकर्मा र घरजग्गा ब्यवसायी देवराज ढकाल प्रथम भएका छन् । क्लबले सामान्य र विशेष खेल खेल्नेहरूबीच दुई समूहमा प्रतियोगिता गराएको हो ।
बिहीबार आयोजित समारोहमा प्रथम हुने विक र ढकाल र द्वितीय हुने नेपाल सरकारका लेखापाल शंकर बस्नेत र नेपाल प्रहरीका तारा बस्नेतलाई नगद तथा शिल्ड प्रदान गरियो । समूह ‘बी’बाट प्रेस चौतारी नेपालका प्रदेश अध्यक्ष अबिजाल विष्ट र नेपाल प्रहरीका नायव निरीक्षक सन्तोष निरौला प्रथम भएका छन् ।
ब्यवसायी दीपक गौतम, प्रदेश सरकारका पूर्वसचिव तुलसी सेडाई, घरजग्गा ब्यवसायी मात्रिका भट्टराईलगायतले बिजेताहरूलाई नगद तथा पुरस्कार प्रदान गरे ।
क्लबका अध्यक्ष राजु ढकालले संस्थाले शारीरिक तन्दुरुस्तीका लागि गरिने दैनिक खेलका सहभागीबीच उनीहरूले जानेको क्षमतालाई प्रतियोगितामा समावेश गराइएको बताए ।
समूह ‘बी’बाट दोस्रो हुने भुपेन चाम्लिङले क्लबमा दैनिक ब्याडमिन्टन खेल्नेहरूमा उच्च रक्तचाप र मधुमेहको समस्या कम भएको बताए ।
क्लबका ब्यवस्थापन समिति सदस्य नवराज काफ्लेका अनुसार प्रत्येक वर्ष गरिने प्रतियोगिताले सहभागीलाई निरोगी बनाउन सहयोग गरेको बताए ।
View : 443
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved