Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुनकोशीमा बेपत्ता भएका पुरुष मृत फेला

उद्‌घोष संवाददाता
१४ वैशाख २०८३, सोमवार

उदयपुर । सुनकोशी नदीमा माछा मार्न जाँदा बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

लिम्चुङबुङ गाउँपालिका–५ चौलानेका अन्दाजी ५१ वर्षीय रामशेर राई आइतबार रौतामाई गाउँपालिका–३ भदौरेस्थित सुनकोशी नदी किनारमा मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राई वैशाख ८ गते राति करिब ११ बजे अन्य ८ जनासँगै माछा मार्न गएका बेला लिम्चुङबुङ–४ सानरलुङ क्षेत्रबाट नदीमा बेपत्ता भएका थिए । त्यसपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो ।

खोजीका क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको जनाइएको छ ।

पोस्टमार्टमपछि मृतकका छोरा जापान राईले शव बुझेर लगेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 140

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved