विराटनगर । विराटनगरस्थित श्री स्टार बहुउद्देश्यीय सहकारी संस्था लि. को २८ औं वार्षिक साधारणसभाले ४९ करोड ९० लाख १४ हजार ५ सय ८२ रुपैयाँ वासलात रहेको प्रतिवेदनलाई पारित गरेको छ ।
सो अवसरमा संस्थाका अध्यक्ष रमेशप्रसाद पोखरेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कूल शेयर पूँजी ४ करोड १५ लाख ९१ हजार, कर्जा लगानी ३४ करोड ८५ लाख ४२ हजार, बचत ३५ करोड ५५ लाख ४९ हजार रहेको बताए ।
संस्थाले आ.व. २०८१–०८२ मा खुद नाफा ३८ लाख ५६ हजार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले नियमित कारोवारका अतिरिक्त रक्तदान कार्यक्रम, ज्येष्ठ नागरिक तीर्थाटन, ज्येष्ठ सदस्य सम्मान, सँंस्कृतिक अन्तरघुलन, बृक्षरोपण, पोशाक वितरण, निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु समेत सञ्चालन गरेको सो अवसरमा जानकारी दिइएको छ ।
सहकारी अभियन्ता मुक्ति बरालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा समाजसेवी दिनवन्धु गोयल र संस्थाद्वारा स्थापना गरिएको स्व–ओमप्रकाश गोयल–स्टार छात्रवृति अन्तर्गत यस बर्ष पनि विभिन्न सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण ११ जना विद्यार्थीहरुलाई वितरण गरियो ।
हरेक वर्ष सो कोषबाट जनही ७ हजारका दरले ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गरिएको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वेनु सीता, पर्शुराम स्टार कोषबाट विराटेश्वर वृद्धाश्रमको भवन निर्माणका लागि २५ बोरा सिमेन्ट उपलब्ध गराएको छ ।
View : 273
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved