Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

परीक्षालाई स्तरीय बनाउन जोड

उद्घोष सम्वाददाता
१७ जेठ २०८१, बिहिवार

इटहरी । विश्वविद्यालयलाई गतिशील बनाउन भर्ना, परीक्षा र परिणाम (परीक्षाफल) तीन चीज सबल हुनुपर्ने भएपनि त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पछिल्लो समयमा समस्या देखिएको परीक्षा प्रणालीलाई सुधार गरेर जान लागेको देखिएको छ । 

त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल विराटनगरले बुधबार इटहरीमा गरेको व्यवस्थापन संकाय स्नातक तह तर्फको उत्तरपुस्तिका परीक्षण, सीप  तथा क्षमता अभिवृद्धि सम्वन्धी कार्यशालामा त्रिविका कार्यकारी सदस्य प्राडा महानन्द चालिसेले परिवर्तित अवस्थामा परीक्षालाई पनि सुधारेर जानुको विकल्प नरहेको बताए ।

उनले त्रिविले अव क्षेत्रीय स्तरमा नै परीक्षाको सम्पूर्ण कार्य गर्ने व्यवस्था मिलाउने तयारी गरेको बताउँदै अब त्यसका लागि पूर्वका प्राध्यापकहरुले पनि आफूले जिम्मेवारी लिनुपर्ने भएकोले क्षमता अभिवृद्धिका लागि कार्यक्रम गरिएको बताए । 

सो अवसरमा त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका प्रमुख एवम् सहपरीक्षा नियन्त्रक डा डिल्ली प्रसाईंले उत्तरपुस्तिका परीक्षणमा स्तरीयता र एकरुपता कायम गर्नका लागि प्राध्यापक वर्गको सहयोग विना सम्भव नहुने बताए । त्यसैका लागि प्राध्यापकको क्षमता अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जनाए । 

महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख चन्द्रकुमार राईले परीक्षा नियन्त्रण कार्यालयले सहज रुपमा कार्य गर्न सक्नु पर्नेमा जोड दिए ।

परीक्षाको कार्यका लागि त्रिवि पनिकामा जाँदा काममा ढिलासुस्ती हुँदा क्याम्पसबाट गएका प्राध्यापक र  कर्मचारीले दुख पाउने गरेको गुनासो गरे । विश्व आदर्श कलेज इटहरीका प्राचार्य गणेश दुलालले शैक्षिक क्षेत्रको सुधार र स्तरोन्नतीका लागि आफू र आफ्नो कलेज सधै सकारात्मक भएको बताए । 

सो अवसरमा प्राडा महानन्द चालिसे, मोरङ क्याम्पसका प्रमुख डा रामावतार शरणले परीक्षा देखापर्ने समस्याहरु एवम् त्यसलाई सुधार गर्नु पर्ने उपायहरुको बारेमा प्रस्तुती समेत दिएका थिए ।

कार्यक्रममा बोल्दै महेन्द्र क्याम्पस धरानका लक्ष्मी गुरागाईंले मुहान सफा भएमात्र तल सफा हुने बताउँदै पनिकाको माथिल्लो तह सुधारिनु पर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुले फनिकाले समय–समयमा यस्ता कार्यक्रम गर्न अनुरोध गरेका थिए ।

कार्यत्रममा पूर्वका मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सिराहा र उदयपुर गरी छ जिल्लाका १६ क्याम्पसका ८० बढी प्राध्यापकहरुको सहभागिता थियो ।

View : 664

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved