Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

लघुकथा संग्रह ‘बकसपत्र’ बारे विमर्श

उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

सुन्दरहरैंचा । बेलबारीकी स्रष्टा विष्णु भण्डारी आचार्यको (लघु कथा संग्रह) ‘बकसपत्र’को विराटनगरमा विमर्श गरिएको छ । 

कोशी साहित्य–कला परिषद् नेपालको आयोजना र छन्द वाटिका नेपाल, विराटनगरको सहआयोजनामा भण्डारीको कृतिको विमर्श गरिएको हो । 

उक्त अवसरमा विराटनगरका स्रष्टा रोहिणी रसिकको (कविता संग्रह) ‘छन्द आराधना’ को समेत विमर्श गरिएको थियो ।

संस्थाले रु १ बाट सुरु गरेर १ करोड पुर्याउने उद्देश्यसहित सुरु गरेको अक्षयकोष निर्माणको अभियानअन्तर्गत दान पेटिकामा रकम हालेर प्रमुख अतिथि प्राज्ञ विवश पोखरेलले कार्यक्रमको उद्घाटन गरेका थिए । 

कार्यक्रममा बेलबारीकी भण्डारीको कृतिमाथि निरज कोइराला र केशु विरही, विराटनगरका रसिकको कृतिमाथि डा. दीपकप्रसाद न्यौपाने र बाबुराम पोखरेलले समीक्षा गरेका थिए । 

लेखकद्वय भण्डारी र रसिकले विमर्श कार्यक्रम राखेर आफूहरूका कृतिको सुगन्ध फैलाउन सहयोग गरेकामा आयोजक संस्था तथा समीक्षकहरूप्रति आभार व्यक्त गरेका थिए ।  

कार्यक्रममा मोरङ, सुनसरी तथा झापाका विभिन्न स्थानका स्रष्टा÷कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा श्रीप्रसाद पोखरेल, मञ्जुश्री गिरी, शारदा भट्टराई, निर्मला नेपालले विमर्श गरिएका कृतिभित्रका दुई दुईवटा रचना वाचन गरेका थिए ।

View : 488

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved