Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश सभाको विशेष अधिवेशनबाट पारित भएको संकल्प प्रस्तावमा के छ ?

उद्घोष सम्वाददाता
७ वैशाख २०८१, शुक्रवार

विराटनगर । शुक्रबार बसेको कोशी प्रदेश सभाको विशेष अधिवेशन संकल्प प्रस्ताव पारित गर्दै अन्त्य भएको छ ।

प्रदेश सभाको बहुमतबाट पारित भएको उक्त संकल्प प्रस्तावको व्यहोरा सभामुख अम्बर बहादुर बिष्टले प्रदेश सभामा पढेर सुनाएका हुन् ।

प्रस्तावलाई निर्णयको प्रक्रियामा लैजानुअघि सभामुख बिष्टले त्यसमा लेखिएको व्यहोरा सुनाएका छन् ।

संकल्प प्रस्तावको व्यहोरा

माननीय सदस्यज्यूहरु
माननीय रेवतिरमण भण्डारी प्रस्तावक भई माननीय गणेशप्रसाद उप्रेती र माननीय किशोरचन्द्र दुलाल समर्थक रहनु भएको संकल्प प्रस्तावमा देहायको व्यहोरा पेश गर्दछु ।

कोशी प्रदेश सभाका बहुमत प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री माननीय केदार कार्कीलाई दिएको समर्थन मिति २०८०।१२।२६ मा फिर्ता लिएको अवस्था हुँदा सो मितिबाट नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बैठकबाट विश्वासको मत लिन, सरकारको नियमित कार्यबाहेक दिर्घकालिन महत्वका कुनै निर्णय नगर्न नगराउन मुख्यमन्त्री, प्रदेश सरकारलाई कोशी प्रदेश सभाको यो बैठक निर्देशन गर्छ ।

साथै नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिमको समयभित्र विश्वासको मत नलिएमा, विश्वासको मत प्राप्त नगरेमा, वा मुख्यमन्त्रीज्यूले मार्ग प्रसस्त नगरेमा नेपालको संविधानको धारा १६८ बमोजिम नयाँ सरकार गठन गर्न यो प्रदेश सभा सक्षम रहेको जानकारी सम्बन्धित निकाय तथा पदाधिकारीलाई सूचना प्रवाह गर्न कोशी प्रदेश सभा सचिवालयलाई निर्देशन गर्छ । 

View : 76

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved