विराटनगर । सनातन धर्म सेवा समिति मोरङको विराटनगरमा सम्पन्न साधारण सभाले प्राध्यापक कविराज न्यौपानेको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।
समितिको उपसभापतिमा इन्दिरा रिजाल, सचिवमा माधवप्रसाद काफ्ले, सहसचिवमा शोभा पोखरेल र कोषाध्यक्षमा शिरोमणि भट्टराई चयन भएका छन् ।
यसैगरी सदस्यहरू डा. चक्रपाणि खनाल, गोकुल अधिकारी प्रकाशदत्त भट्टराई, प्रतिमा निरौला, डिल्लीराम अधिकारी, पुष्पलता कोइराला, लक्ष्मी पोखरेल, सरिता रेग्मी र घनश्याम राठी चयन भएका छन् ।
प्राडा गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको सो समारोहमा शिवदत्त रमादेवी धर्म संस्कृति पुरस्कार सिताराम सन्त समाज सुनसरी, आशाकरण यशोदादेवी धर्म संस्कृति पुरस्कार सप्तऋषि गुरुकुल विर्तामोड, किसनलाल रुक्मिणिदेवी धर्म संस्कृति पुरस्कार प्रकाशेश्वर शिवालय विराटनगर र ओमप्रकाश उमादेवी धर्म संस्कृति पुरस्कार ओमकारेश्वर वैदिक विद्यापीठ हल्दीवारी झापालाई प्रदान गरिएको छ ।
View : 266
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved