विराटनगर । तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा निर्वाचित भएका छन् । सुब्बा निर्वाचित भएसँगै कोशी प्रदेशमा कांग्रेसले जितको पहिलो खाता खुलेको हो ।
कांग्रेसका सुब्बाले ११ हजार ५६१ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले १० हजार ६८२ मत प्राप्त गरेका हुन् ।
मतगणनाको सुरुवातदेखि मध्यसम्म अग्रता कायम गरिरहेका ढकाल त्यसपछि लगातार पछि परेका थिए ।
तेह्रथुममा रास्वपाका सुरेन्द्र कार्की भने ७ हजार ७३७ मत पाएर तेस्रो बनेका छन् ।
श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० र नेकपाका रनध्वज लिम्बुले ९१९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved