विराटनगर, १८ भदाै । आदर्श माध्यमिक विद्यालय विद्यालयमा सिलाई कटाई सम्बन्धी ल्याब स्थापना हुने भएको छ ।
रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले ल्याव स्थापनामा सहयोग गर्ने सम्झौता भएको छ ।
सो सम्झौतामा रोटरी क्लब अफ डाउनटाउनका तर्फबाट अध्यक्ष मञ्जु अग्रवाल र विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले मंगलबार हस्ताक्षर गरेका छन ।
ल्याब स्थापना भएपश्चात् विद्यालयमा अध्ययनरत छात्रछात्राले सिलाई कटाई सम्बन्धी तालिम प्राप्त गर्ने र तालिमपछि उनीहरूको सिलाई कटाई सम्बन्धी सीप विकास गरी रोजगारीका अवसरहरू प्राप्त हुने विद्यालयले जनाएको छ ।
View : 141
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved