Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सुखीपुरमा स्वास्थ्य शिविर

उद्‌घोष संवाददाता
१४ माघ २०८०, आइतवार

Advertisement

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले सिराहाको सुखिपुरमा आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी विरामीले स्वास्थ्य सेवा लिएका छन ।

सुखीपुर नगरपालिका सिराहा, जन जागृती युवा क्लब, सुखीपुर उद्योग व्यापार समितिको संयुक्त आयोजनामा भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार १९जना विरामीले स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक सुवास अधिकारीले जानकारी दिए । 

शिविरमा न्यूरो हस्पिटलका विशेषज्ञ १५ जना चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालका बरिष्ठ मानसिक रोग बिशेषज्ञ डा रञ्जन थापा, बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा अमित देव, वरिष्ठ विशेषज्ञ रेडियोलोजिष्ट डा निरज रेग्मी, विशेषज्ञ न्युरोलोजिष्ट डा सुनन्द पौडेल, विशेषज्ञ न्युरोसर्जन डा आशिषजंग थापा, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा निशा अधिकारी, छाला रोग विशेषज्ञ डा रिचा शर्मा, आपतकालिन सेवा चिकित्सक डा दिलकुमार लिम्बू, विशेषज्ञ कार्डियोलोजिष्ट डा राजन कर्ण लगायतले विरामीको स्वास्थ्य जाँच गरेका थिए ।

स्वास्थ्य जाच गरिएका विरामीको चिकित्सकको सिफारिस अनुसार निःशुल्क सुगर परीक्षण, इसिजी,अल्ट्रासाउण्ड, इइजी, एनसीभि,बिएमडी जाच गरिएको थियो । शिविरमा पोषण सम्बन्धी परामर्श समेत दिइएको थियो । त्यसैगरि शिविरमा आएका विरामीलाई आवश्यक पर्ने औषधि पनि निःशुल्क वितरण गरिएको थियो  ।

View : 473

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved