विराटनगर । मंसिर १६ हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
विश्वासलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको एमाले मोरङका इन्चार्ज एवं केन्द्रीय सदस्य जीवन घिमिरेले जानकारी दिए ।
तीनजना आकांक्षीहरू मध्येबाट विश्वासलाई पार्टी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको घिमिरेले बताए । जिल्ला र प्रदेशस्तरका नेताहरूको छलफलबाट एमाले कोशी प्रदेश कमिटीले कृष्णकुमार माझी, तुलसीराम विश्वास र निर्मला
अधिकारीमध्ये एकजनालाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको थियो । उनीहरूमध्ये एमाले ग्रामथान गाउँ कमिटीको उपाध्यक्ष रहेका विश्वासलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।
ग्रामथानमा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका शिवनारायण माझी निर्वाचित भएका थिए । तर २०७९ मा भने नेपाली काङ्ग्रेसका जयप्रकाश गच्छदार थारूसँग माझी पराजित भए ।
अध्यक्षमा निर्वाचित भएका थारूको निधन भएपछि ग्रामथान गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो ।
View : 119
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved