Biratnagar, Morang, Nepal
३० भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भोटेकोशी बाढीमा परेका मध्ये एक हजार ३९९ जनाको शव फेला

उद्‌घोष संवाददाता
३० भदौ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ३९९ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा १८९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो ।  

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ८८९ गरी कुल ३ हजार १७५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३५५ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ । 

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ४४० जना व्यक्तिहरूलाई राखिएको छ ।

View : 42

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved