Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

प्रदेश सभा बैठक नहुँदा सांसद बने फुर्सदिला

जुवातास खेलेको आरोपमा कोशीका सांसद राजभण्डारी सहित ११ जना पक्राउ

उद्‌घोष संवाददाता
२७ साउन २०८१, आइतवार

Advertisement

विराटनगर । कोशी प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारी जुवातास खेलेको आरोपमा पक्राउ परेका छन् । राजभण्डारीसहित ११ जनालाई काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।

सरकार परिवर्तनसँगै राजनीतिक परिस्थितिमा आएको बदलावले कोशी प्रदेश सभाको बैठक बस्न सकेको छैन । गत असार ८ गते कोशी प्रदेशको वार्षिक बजेट पारित भएसँगै प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित छ । 

प्रदेश सभाको बैठक नहुँदा सांसदहरू आफ्नो क्षेत्रमा जनताको गुनासो सुन्ने, बजेट कार्यन्वयनमा सहयोग गर्ने र त्यसबाट पनि फुर्सद हुँदा निजी काममा संलग्न हुँदै आएका छन् । 

अहिले सांसदहरू फुर्सदिला हुँदा दिन कटाउन जुवातासमा समेत संलग्न हुने गरेको तथ्य पूर्वमन्त्री राजभण्डारी पक्राउको घटनाले पुष्टि गरेको छ । 

पक्राउ पर्नेमा राजभण्डारी सहित सोलुखुम्बुकै एमाले नेता वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ, उत्तमकुमार राई, अनिष तामाङ, ठूला तामाङ, माधव थापा  र कोठाधनी काभ्रेको बनेपा नगरपालिका-१२ घर ठेगाना भएका राजु महतलाई पक्राउ परेको प्रहरीले जनाएको छ । 

उनीहरु शनिबार साँझ करिव सवा ६ बजेतिर जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले त्यहाँबाट एक लाख ५० हजार रुपैयाँ नगदसहित १६ बुक तास समेत बरामद गरेको जनाइएको छ । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको जनाइएको छ ।

View : 963

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved