Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

क्यान्सरविरुद्ध एकै दिन १५ वटा सचेतनामुलक कार्यक्रम

उद्घोष सम्वाददाता
२१ माघ २०८०, आइतवार

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतना मुलक कार्यक्रम गरेको छ । 
विश्व क्यान्सर दिवसको अवसर पारेर आइतबार ‘आशा क्लोज द केयर ग्याप’ नाम दिएर जनचेतना मुलक कार्यक्रम गरेको हो । 

ऊक्त कार्यत्रमको उद्घाटन नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गरे । उपचारको पहुँचको दुरीलाई घटाउँदै लाने संकल्पसहित रोगीको उपचार सहयोगार्थ समेत कार्यक्रम गरिएको हो ।

आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ १५ वटा भन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गरिएको छ । 

‘आशा क्लोज द केयर ग्याप’ अर्थात क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं” भन्ने नारा सहित आयोजना गरिएको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले बताए । 

एकैदिन स्कुल र्‍याली, साइकल र्‍याली, स्कुटर र्‍याली, कार र्‍याली, दौड, ध्यान, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका विद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुती र सांगीतिक कार्यक्रम भएका छन् । 

प्रमुख कार्यकारी अधिकृत डा निकिता कार्कीले कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा उपचारार्थ बिरामीहरुलाइ दिने निर्णय गरेको बताए । 

‘क्यान्सरसँग लडिरहेका बिरामी जसले बाँचेर जीवनमा केही गर्छु भनि सघर्ष गरिरका विरामीलाई सहयोग गर्ने निर्णयका साथ अगाडि बढेको हो,’ उनले भने, ‘यस सचेतनामुलक कार्यक्रमबाट संकलन भएको रकम १५ जना बढी क्यान्सरका विरामीको उपचारमा सहयोग गरिने कार्यक्रम हो । 

View : 145

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved