Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

वीपीको सिद्धान्त छोडदा कांग्रेस कमजोर : आचार्य

उद्‌घोष संवाददाता
२५ भदौ २०८१, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेसका नेता महेश आचार्यले वीपी कोइरालाको आदर्श र सिद्धान्त छाडेकै कारण नेपाली कांग्रेस कमजोर हुँदै गएको बताएका छन् ।

सोमबार नेपाली कांग्रेस मोरङले वीपी कोइरालाको १११ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता आचार्यले अहिले कांग्रेस इतिहासकै सबैभन्दा कठिन मोडबाट अगाडि बढिरहेको बताए । विभिन्न गुट, उपगुटले कांग्रेसलाई कमजोर बनाउँदै लगेको बताउँदै आचार्यले कांग्रेसमा रूफान्तरण जरूरी रहेको विचार व्यक्त गरे । 

कार्यत्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेस एकढिक्का भएमा कसैले पनि निर्वाचनमा पराजित गर्न नसक्ने उल्लेख गर्दै अरूसित लड्नपर्ने कांग्रेस आफैंसित लडिरहेको दुखेसो पोखे । 

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङका वरिष्ठ नेता गोपालमानसिंह राजभण्डारी, वसन्त भट्टराई, मोरङ कांग्रेसका कार्यबाहक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, सचिव मोदराज घिमिरे, महानगर सभापति दीपक चापागाईंलगायतले वीपीको आदर्श र सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढे मात्रै देश समृद्ध हुने विचार राखेका  थिए ।

View : 340

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved