Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

भारतीय थारको ठक्करबाट झुम्कामा सिटी सफारी चालकको मृत्यु

उद्घोष सम्वाददाता
४ मंसिर २०८१, मङ्गलवार

विराटनगर । सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का शिवचोक नजिकै भारतीय थार गाडीको ठक्करबाट सिटी सफारी चालक महिलाको मृत्यु भएको छ ।

मंगलबार अपरान्ह युपी १६ इके १९८९ नम्बरको थार गाडीले ठक्कर दिंदा सिटी सफारी चालक रामधुनी–९ मर्चैयाकी सोनिया कुमारी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चौधरीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । प्रहरीले थार गाडीका चालकलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

थार गाडी महिन्द्रा कम्पनीको एउटा मोडल हो । यो गाडी नेपालमा पनि बिक्री हुने गरेको छ । तर भारतीय नम्बर प्लेटका थार कुद्ने गरेका छन् ।

अफ रोडका लागि उपयुक्त मानिएको यो गाडी विराटनगरमा पनि तिब्र गतिमा कुदेका देखिन्छन् ।

View : 156

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved