Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रतिनिधिसभा निर्वाचनको भोलीपल्ट संसद विघटनविरुद्धको रिट सुनुवाई गर्ने तारेख !

उद्‌घोष संवाददाता
८ फागुन २०८२, शुक्रवार

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको भोलिपल्ट सर्वोच्च अदालतले  प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सुनुवाईका लागि साधारण तारेखको मिति तोकेको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनविरुद्ध १७ वटा रिट निवेदन छन् । ती रिट निवेदनको सुनुवाइका लागि सर्वाोच्च अदालतले अहिलेसम्म मिति तय गर्न सकेको छैन ।

अदालतले उक्त विवादमा साधारण तारिख फागुन २२ गतेका लागि तोकेको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

संसद् विघटनविरुद्ध परेको रिट निवेदनमा गत कात्तिक १२ गते संवैधानिक इजलाससमा सुनुवाइ गरी बाटोको म्यादबाहेक सात दिनभित्र विपक्षीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

त्यसमा विपक्षीहरूबाट लिखित जवाफ अदालतमा पेस भइसकेको जनाइएको छ ।

त्यसैगरी, सर्वोच्च अदालतको गत पुस ९ गते बसेको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन, सरकार निर्माण प्रक्रिया र संसद् पुनःस्थापनाको मागसम्बन्धीका पूरक रिट निवेदनलाई पनि एकैसाथ सुनुवाइ गर्ने आदेश दिएको थियो ।

View : 158

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved