Biratnagar, Morang, Nepal
४ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

इटहरीमा सञ्चालनमा आयो ‘गोरखाली फिटनेस’

उद्‌घोष संवाददाता
३ असार २०८३, बुधवार

Advertisement

विराटनगर । सुनसरीको इटहरीस्थित आपगाछीमा युवा व्यवसायीहरू दिपक बिष्ट, रोशन खड्का र मिलन खड्काको समुहले ‘गोरखाली फिटनेस’ क्लव सञ्चालनमा ल्याएका छन् । बुधबार उक्त फिटनेस क्लवको औपचारिक उद्घाटन गरिएको हो ।

अत्याधुनिक फिटनेस उपकरण र प्रमाणित प्रशिक्षकको सहयोगमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई लक्षित गरी शारीरिक व्यायाम, जुम्बा लगायतका फिटनेस सेवा प्रदान गर्ने उद्देश्यका साथ फिटनेस क्लब सञ्चालनमा ल्याइएको हो ।

अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपाललाई विभिन्न समयमा स्वर्ण पदक दिलाएका बडिबिल्डर ललित धिमाल, बडिबिल्डिङमा लामो समयदेखि योगदान पुर्याउँदै आएका राम दाहाल, रतन कार्की, स्ट्रेन्थ लिफ्टिङ तथा आइबीपी वल्र्ड च्याम्पियनशीपमा तीन पटक गोल्ड मेडल विजेता दीपा बिष्ट लगायतको उपस्थितिमा क्लवको उद्घाटन गरिएको जनाइएको छ ।

फिटनेस क्लव नवीनतम् प्रविधियुक्त उपकरणसहित सञ्चालनमा ल्याइएको क्लवका सञ्चालक बिष्टले जानकारी दिए । उनले स्वस्थ जीवनशैलीलाई प्रमुख लक्ष्य राखेर जुम्बासहितको क्लब सञ्चालनमा ल्याइएको उनले बताए ।

क्लबमा कार्डियो, स्ट्रेन्थ ट्रेनिङ, फङ्सनल वर्कआउट लगायत आवश्यक सबै प्रकारका फिटनेस उपकरण उपलब्ध रहेको उनले बताए । 

क्लबका सदस्यहरूलाई प्रशिक्षित प्रशिक्षकहरूले नियमित रुपमा स्वास्थ्य सचेतना र व्यक्तिगत फिटनेस योजनाका बारेमा जानकारी दिने जनाइएको छ ।

उत्तरी इटहरीका बासिन्दाको स्वास्थ्यप्रतिको बढ्दो चासोलाई मध्यनजर गर्दै ‘गोरखाली फिटनेस’ क्लब सञ्चालनमा ल्याइएको जनाइएको छ ।

View : 209

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved