Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

सामयिक राजस्व संकलन विधेयक पारित

उद्घोष सम्वाददाता
५ पुष २०८०, बिहिवार

विराटनगर । प्रदेशसभाको बुधबारको बैठकले कोशी प्रदेश सामयिक राजस्व संकलन सम्बन्धी विधेयक २०८० लाई पारित गरेको छ । 

एमालेका सांसद लीलाबल्लभ अधिकारीले बजेटसम्बन्धी विधेयक र अध्यादेश ल्याएर राजस्व संकलनसम्बन्धी व्यवस्थालाई नियमित गर्नुपर्ने सरकारलाई गैरजिम्मेवार बनाउँदै लैजाने गरी उक्त विधेयक ल्याइएको भन्दै विधेयक माथिका संशोधन प्रस्तुत गरेका थिए । तर आफू सम्बद्ध दलकै निर्देशन बमोजिम संशोधन फिर्ता लिनुपरेको उनले बताए ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो ।

विधेयक पारित भएसँगै कोशी प्रदेश सरकारलाई कुनै पनि आर्थिक वर्षमा अर्थ विधेयक आउन नसकेको तथा सरकारले अध्यादेश समेत ल्याउन नसकेको अवस्थामा नियमित राजस्व संकलनको बाटो खुलेको छ ।

View : 126

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved