विराटनगर । शनिबारदेखि विराटनगरमा चौथो संस्करणको विद्यालय नाटक महोत्सव शुरु भएको छ । आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा पहिलो दिन आयोजकले ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो ।
शनिबारको नाटकमा मानवीय अस्तित्वको खोजी मूल कथा थियो । नाटकले दर्शकलाई आˆनो अस्तित्वबारे चिन्तन गर्न प्रेरित गर्दै आत्मनिरीक्षण गर्न उत्साह भरेको थियो । नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदिप दाहाल, दीक्षा चौधरी, अमीसा वाग्ले, निशान चौहान राईलगायतले अभिनय गरेका थिए ।
आइतबारदेखि विद्यालयहरुहरुको नाटक मञ्चन शुरु हुनेछ । भदौ ३१ गतेसम्म हुने बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचोक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् ।
महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई सम्मानको व्यवस्था गरिएको जनाइएको छ ।
View : 106
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved