विराटनगर । गुराँस पुस्तकालय विराटनगरले आफ्नो ५६ औं स्थापना दिवसको अवसरमा राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रका तीन अग्रणी व्यक्तित्वलाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा राजनीतिक क्षेत्रबाट नेपाली कांग्रेसका नेता एवं पूर्वगृह राज्यमन्त्री हरि सापकोटा, सामाजिक क्षेत्रवाट मो करिम अन्सारी र शैक्षिक क्षेत्रबाट डा प्रमिला गच्छदार छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका स्वर्गीय मुक्तिनाथ चापागाईं र यदुनाथ चापागाईंको स्मृतिमा उनको परिवारले स्थापना गरेको मुक्तिनाथ–यदुनाथ चापागाईं सम्मानबाट उनीहरूलाई सम्मान गरिएको हो ।
पुस्तकालयद्वारा आइतबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शेखर कोइराला, पुस्तकालयका सभापति रणजीतजंग बुढाथोकी, पुस्तकालयका पूर्व सभापति एवं मुक्तिनाथ–यदुनाथ चापागाईं सम्मानका संस्थापक दीपक चापागाईंले उनीहरूलाई सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै कांग्रेस नेता डा शेखर कोइरालाले कांग्रेसले आफ्नो विचार र सिद्धान्तलाई विर्सन नहुने बताए । उनले कांग्रेसले आफ्नोे सैद्धान्तिक धरातल बिर्सदै जाने हो भने लोकतन्त्र नै धरापमा पर्ने बताए ।
व्याप्त भ्रष्टाचार, दण्डहिनताका कारण लोकतन्त्रिक व्यवस्था कमजोड बन्दै गएको चर्चा गर्दै लामो संघर्षपछि प्राप्त उपलव्धिको रक्षा गर्न मुलुकमा सुशासन आवश्यक रहेकोमा उनले जोड दिए ।
मुलुकमा सुशासन कायम गर्न दलका नेताहरूमा राजनीतिक इमान्दारिता जरूरी रहेको उनले बताए ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारप्रति नेपाली जनताको ठूलो आशा र भरोसा रहेकाले यो सरकार ठिक ढंगले अघि बढोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गरे ।
View : 472
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved