काठमाडौं । सेयर बजारले साताको चौथो दिन लगातार बढोत्तरीको लय कायम राख्दा लगानीकर्ताका लागि हरियाली रह्यो। बुधबार नेप्से ३४.४२ अंकले बढेर २६९४.८२ मा रहँदा कारोबार रकम पनि बढेको छ ।
सबै समूहका सूचक बढ्दा कारोबार रकममा पनि वृद्धि भएको हो । जीवन बीमा समूह सर्वाधिक २.८३ प्रतिशतले बढेको छ ।
निर्जीवन बीमा २.५१, विकास बैंक २.३१, फाइनान्स १.९९ र व्यापार समूह १.७६ प्रतिशतले बढेको छ ।
बजार बढेर ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । ६५ कम्पनीको सेयरमूल्य घटेको छ भने १८२ कम्पनीको बढेको छ ।
बोटलर्स नेपाल बालाजुको सेयरमूल्य भने स्थिर रह्यो । ग्रीन डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावरको सेयर सर्किट स्तरमा ९.९९ प्रतिशतले बढेका छन् । यस्तै नेपाल इन्स्योरेन्सको ९.८२, गुराँस लघुवित्त ९.१५ र सिन्धु विकास बैंक ८.९२ प्रतिशतले बढेका छन् ।
सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीको सूचीमा एनआरएन इन्फ्रा स्ट्रक्सचर एण्ड डेभपलमेन्ट लिमिटेड बुधबार दोस्रो दिन पनि पहिलो नम्बरमा रह्यो । उक्त कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै साहस ऊर्जाको ४९ करोड ४१ लाख, सप्तकोशी विकास बैंक ३५ करोड, लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर २९ करोड ६७ लाख र बुटवल पावर कम्पनीको २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । यसअघि मंगलबार २८.९१ अंकले बढेको नेप्से परिसूचक २६६०.३९ विन्दुमा रहँदा ७ अर्ब ३ करोड ३० लाख रुपैयाँको कारोबार भएको थियो । एनआरएन इन्फ्रास्ट्रक्चरको ४६ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
View : 286
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved