विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे आइतबार नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले छलफल गरेको छ ।
सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, सचिव कमलबहादुर थापा, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी र प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइराला लगायतको उपस्थितिमा छलफल सम्पन्न भएको हो ।
कोशी प्रदेश सरकारले आगामी माघ ११–१५ मा लगानी सम्मेलनको मिति तय गरिसकेको छ । त्यस अगावै निजी क्षेत्रको तर्फबाट परिसंघले सरकारका पदाधिकारीहरूसँग छलफल गरेको जनाइएको छ ।
छलफलमा नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन सारडा, सल्लाहकार एवं केन्द्रीय उपाध्यक्ष भीम घिमिरेसहित उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, विराट व्यापार संघ, घरेलु तथा साना उद्योग महासंघ र चेम्बर अफ कमर्सका पदाधिकारीहरू सहभागी भएका थिए ।
त्यसैगरी ईंटा व्यवसायी संघका महेन्द्र शाह र परिसंघका महानिर्देशक विजयहरि शर्मा लगायतले लगानी सम्मेलनका बिषयमा सरकारलाई सुझाव दिएको जनाइएको छ ।
View : 153
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved