Biratnagar, Morang, Nepal
१ जेठ २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

मिल्स गोल्डकपको उपाधि एपीएफलाई

उद्घोष सम्वाददाता
१६ वैशाख २०८१, आइतवार

विराटनगर । सशस्त्र प्रहरी बल(एपीएफ) पकली सुनसरीले चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

विराटनगर जुटमिलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधि जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार  पाएको छ । 

जितका लागि एपीएफको तर्फबाट भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । पेमा युवा क्लबको तर्फबाट मिलन राईले एक गोल फर्काए । 

यसअघि २०७७ सालमा एपीएफले प्रथम संस्करणको मिल्स गोल्डकपको उपाधि जितेको थियो ।  उपविजेता पेमाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पायो ।

प्रतियोगिताको प्लेयर अफ द म्याच एपीएफका दिसन राई घोषित भए । हाइस्कोर एपीएफकै हरि कार्की भए । उनले खेलभरिमा तीन गोल गरे । बेस्ट गोलकिपर एपीएफका सुजन बिक र टुर्नामेन्ट अफ द इयर पेमा युवा क्लबका कोमल खवास घोषित भए । 

वैशाख ७ देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठ टिम सहभागी थिए ।

प्रतियोगिताको बिजेता हुने टिमलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोल, संयोजक मनोज खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

View : 58

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved