फाइल फोटो
विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–८४ को बार्षिक नीति तथा कार्यक्रम आज (बिहीबार) आउने भएको छ ।
कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।
सरकारको नीति तथा कार्यक्रम कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले बिहीबार प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले जानकारी दिए ।
प्रदेश प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमका लागि बिहीबार अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
View : 131
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved