Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

ओच्छ्यानबाटै गायव पाँच वर्षीया नाबालिका मृत फेला, प्रहरीले भन्यो- 'हत्या भएको देखिन्छ'

उद्‌घोष संवाददाता
१४ असार २०८२, शनिवार

विराटनगर । मोरङ धनपालथान गाउँपालिका-६ की ५ वर्षीया नाबालिका शनिबार बिहान अभिभावकसँग सुतिरहेकै अवस्थामा एकाएक वेपत्ता भइन् ।

बिहान ३ बजेसम्म आमाबाबुसँगै निदाइरहेकी छोरी बिछ्यौनाबाटै बेपत्ता भएपछि उनीहरु अत्तिए । आत्तिएका बुबाआमाले छोरीको खोजीमा होहल्ला गर्दै खोज्न थाले ।

सुतेका छिमेकीहरु पनि उठेर नाबालिकाको खोजी जुटे । उनीले प्रहरीलाई बिहान ५ बजेतिर खबर गरेर खोजीमा जुटिरहे । 

खोजीका क्रममा केहीबेरमै नाबालिकालाई घरभन्दा झण्डै सय मिटर टाढा दुरीमा फेला परिन् । तर, खेतमा भेटिएकी ५ वर्षीया आत्तिका सरदार मृत थिइन् ।

शरीरका विभिन्न भागमा चोटैचोट भएको अवस्थामा आत्तिका मृत फेला परेकी हुन् ।

‘बिहान ३ बजेसम्म बुबाआमासँग सुतिरहेकी बालिका गायब भएकी रहेछिन्’ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले भने ‘बिहान शव फेला पर्यो । उनको हत्या भएको देखिन्छ ।’

आत्तिक स्थानीय अक्षय सरदारकी छोरी हुन् । बबिया टोलका बासिन्दा अक्षयकी छोरी उनको कसले र किन हत्या गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा पनि लिएको छ । नाबालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बालिकाको अनुहार घाँटीलगायत शरीरका विभिन्न भागमा चोट छ । प्रहरीले पोस्टमार्टम पछि थप कुरा खुल्ने बताएको छ ।

View : 415

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved