Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

डिप्रेसनको औषधि सेवन गरिरहेका युवकद्वारा इटहरीमा डेढ वर्षीया बालिकाको विभत्स हत्या

उद्‌घोष सम्वाददाता
२६ साउन २०८१, शनिवार

सुनसरी । इटहरी उपमहानगरपालिका–५ पचरुखीमा डेढ वर्षीया नाबालिकाको विभत्स हत्या भएको छ ।

हत्यामा नाबालिकाकै नातेदार रहेका ३० वर्षीय शालिग्राम लुइँटेल संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीले उनलाई पक्राउ गरेको छ । 

नातामा आफ्नै भतिजी पर्ने डेढ वर्षीया आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर शालिग्रामलाई विभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट हत्यामा प्रयोग गरिएको ब्लेड सहित लुइँटेललाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न लुइँटेल केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले जानकारी दिए । 

मानसिक रोगी जस्तो अवस्थामा रहेका लुईंटेलको तीन वर्षअघि घरको छतबाट हामफालेका थिए । त्यतिबेला उनको ढाड भाँचिएपछि आफन्तले उपचार गरेका थिए ।

मृतक बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 515

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved