Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार

उद्‌घोष संवाददाता
१८ भदौ २०८२, बुधवार

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सूचक घटे पनि कारोबार रकममा भने सामान्य बढोत्तरी छ ।

बुधबार नेप्से १५.६४ अंकले घट्दै २७२६.३३ को विन्दुमा बजार बन्द हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।

म्युचुअल फण्ड र व्यापारबाहेक सबै समूहका सूचक घटेका छन् ।

२१३० कम्पनीको सेयरमूल्य घट्दा सर्वाधिक ६.९९ प्रतिशतको गिरावट लिबर्टी इनर्जीको सेयरमा रह्यो । यस्तै छ्याङ्दी हाइड्रोपावर ६.४५ प्रतिशतले घटेको छ ।

३९ कम्पनीको सेयरमूल्य बढ्दा हिमस्टार ऊर्जा कम्पनीका लगानीकर्ता बढी फाइदामा रहे ।

उक्त कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले सर्किटस्तरमा बढेको छ ।

यस्तै सेयरमूल्य ७.०३ प्रतिशतले बढेको युनियन हाइड्रोपावर बुधबार सर्वाधिक कारोबार हुने कम्पनीमा परेको छ । उक्त कम्पनीको ३३ करोड ८० लाखको सेयर किनबेच भएको छ ।

यस्तै लिबर्टी इनर्जी २७ करोड ३७ लाख, नेपाल रिइन्स्योरेन्स २६ करोड १५ लाख, हिमालयन रिइन्स्योरेन्स २४ करोड ९४ लाख र पञ्चकन्या माई हाइड्रोपावरको १३ करोड ४४ लाखको कारोबार भएको छ ।

यसअघि मंगलबार सबै उपसमूहका सूचक रातो हुँदा नेप्से १९.८९ अंकले घट्दै २७४१.९७ को विन्दुमा रहँदा कारोबार रकम खुम्चिँदै ४ अर्ब ४३ करोड ८२ लाखमा सीमित भएको थियो ।

View : 287

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved